• ६ साउन २०८१, आइतबार

थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

blog

प्रतिनिधि सभाको बैठकमा सहभागी सदस्य । तस्बिरः संघीय संसद सचिवालय

काठमाडौँ, साउन ६ गते। प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। उहाँले अहिले काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनुभयो। 

उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिनताको अन्त्य गर्ने बताउनुभयो। उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनुभयो। 

प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनुभयो। 

उहाँले तोकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुन अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनुभयो। उहाँले परियोजनाको लागत वृद्धि हुन नदिने बताउनुभयो। 

उहाँले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्सानी असुल उपर गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताउनुभयो। उहाँले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीका समस्या तत्काल समाधान गर्ने बताउनुभयो। उहाँले अन्य देश व्यापार गरेका छन्। 

हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो। उहाँले व्यवसायीमैत्री वातावरण बनाउने बताउनुभयो। उहाँले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताउनुभयो।