• ६ साउन २०८१, आइतबार

प्रधानमन्त्री के.पी. शर्मा ओली संसदबाट विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, साउन ६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वासको मत लिँदैहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुहुने छ ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।