• ६ साउन २०८१, आइतबार

भ्रष्टाचार गर्दैनौं, सहँदैनौं र कसैलाई गर्न दिँदैनौं : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै । तस्बिर : प्रधानमन्त्री ओलीको सचिवालय

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताउनुभयो । उहाँल कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने जानकारी दिनुभयो । उहाँले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताउनुभयो । उहाँले जो कोही भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताउनुभयो । उहाँले सुशासनका लागि स्टण्ड नभएर सही विचार चाहिने औंल्याउनुभयो ।

‘‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौं ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौं । सशुासनका लागि स्टण्ट होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’’

उहाँले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताउनुभयो ।