• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

blog

काठमाडौँ, साउन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका सबै सांसदहरुसँग घनीभूत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत जो माग्नुभएको छ । त्यसमा पार्टीका सबै सांसदहरुले घनीभूत छलफल गरेर सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्‍यौं । र ह्वीप पनि जारी गरी सकेका छौं ।’’

प्रधानमन्त्री ओलीले आइतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।