• ६ साउन २०८१, आइतबार

भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्रीको दृढता (पूर्णपाठसहित)

blog

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ।

प्रतिनिधिसभामा आइतबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो। उहाँले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पार्नुभयो।

भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ छ। 

सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उहाँले  प्रतिबद्धता व्यक्त गर्नुभयो।