• ६ साउन २०८१, आइतबार

‘ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ’

blog

सत्तारुढ नेकपा (एमाले)मा सांसद रघुजी पन्त प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ६ गते । सत्तारुढ नेकपा (एमाले)मा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गर्नुभएको छ ।

ज्येष्ठ नागरिकहरुले राष्ट्रिय परिचयपत्र लिनका लागि घण्टौ लाईन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद पन्तले ज्येष्ठ नागरिकहरुलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सांसद पन्तले भन्नुभयो, ‘‘यो राष्ट्रिय परिचयपत्र मेरो विचारमा ७० वर्षभन्दा माथिलाई राष्ट्रिय परिचयपत्र लिइराख्नुपर्छ भनेर जोड दिइराख्नुपर्छ भन्ने लाग्दैन । त्यसैले जनतालाई परेको यो मर्कालाई सामान्य नठानौं । यसलाई गृह मन्त्रालयले तुरुन्त एउटा सर्कुलर पठाएर हटाउने काम गरोस् ।’’

सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।