• ६ साउन २०८१, आइतबार

उपसभामुख रानालाई पदबाट राजीनामा दिन माग

blog

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ६ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।

उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्नेगरी पत्र लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भइरहेका बेला सांसद खतिवडाले सो घटना छानबिनका लागि माग समेत गर्नुभयो ।

उहाँले सिङ्गो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफ्नो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गर्नुभयो ।

यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बदनाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।