साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा
कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
राष्ट्रपति उम्मेदवारमा कमलालाई समर्थन
अमेरिकाका राष्ट्रपति जोए बाइडेन चुनावी मैदानबाट पछि हटेर राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । सत्तारूढ डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको उम्मेदवारी फि
‘प्रयोग गरेबापतको महसुल असुल हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने बताउनुभएको छ । प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
परराष्ट्रमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट
परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ ।
न्यूरोड फुटपाथ विस्तारमा अध्ययन प्रतिवेदन बनाइने
काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ ।
सुरक्षा प्रमुखहरूसँग मुख्यमन्त्रीको परामर्श
कर्णाली प्रदेशमा विपद्का घटनाहरू बढेपछि मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग जुम बैठक गर्नुभएको छ ।
विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत
विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभाबाट पारित भई आएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
‘पुष्पलालले बनाएको राजमार्गका हिँड्दै छौँ’
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले बनाएको वैचारिक राजमार्गमा अहिले नेपाल अघि बढेको बताउनुभएको छ ।
गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई दिनुभएको हो ।
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्री राणासँग विद्यार्थीको आग्रह : बङ्गलादेशमा रहेका विद्यार्थीको सुरक्षा होस
बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी पेस
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्छ : सांसद गौतम
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।
सीमासम्बन्धी विषय कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएका भेटवार्तामा सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्नेगरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ ।
‘संविधान संशोधनका लागि सबै दलसँग छलफल हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।
इलाममा पुष्पलालको स्मृति दिवस
कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज इलाममा मनाइएको छ । नेकपा (एमाले) जिल्ला कमिटीले पार्टी कार्यालयमा पुष्पलालको स्मृति सभा गरेको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गरिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताउनुभएको छ ।
‘कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ ।
लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।
अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेपाल होटल सङ्घ (हान) का पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न माग
सत्तारुढ नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।
संविधानको मूल मर्मलाई नखुम्च्याईकन संशोधन हुन्छ : सांसद महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ ।