• ७ साउन २०८१, सोमबार

परराष्ट्रमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

blog

तस्बिर : रासस

काठमाडौँ, साउन ७ गते । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा.राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । रासस