• ७ साउन २०८१, सोमबार

इलाममा पुष्पलालको स्मृति दिवस

blog

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको तस्विरमा माल्र्यापण गरिदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, साउन ७ गते । कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज इलाममा मनाइएको छ । नेकपा (एमाले) जिल्ला कमिटीले पार्टी कार्यालयमा पुष्पलालको स्मृति सभा गरेको हो । 

एमाले जिल्ला कमिटी अध्यक्ष गणेशप्रसाद बरालको अध्यक्षता भएको कार्यक्रममा श्रेष्ठको तस्बिरमा अबीर तथा माल्यार्पण गरी उहाँको योगदानबारे चर्चा गरिएको छ ।  

कार्यक्रममा जिल्ला कमिटी सचिव उमेश गुरुङ, उप–सचिव रवीन्द्र सुवेदीसहितका नेताहरूले श्रेष्ठको योगदानको चर्चा गर्नुभएको थियो । यस्तै, जिल्लास्थित एमालेका पालिका कमिटी र वडा कमिटीले समेत विभिन्न कार्यक्रम गरी श्रेष्ठको सम्झनामा स्मृति दिवस मनाएका छन् । श्रेष्ठको नेतृत्वमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहास छ ।