• ७ साउन २०८१, सोमबार

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

blog

तस्बिर : रासस

काठमाडौँ, साउन ७ गते । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा.राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । रासस