प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणले दाबी पेस गर्नुहुँदै
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने पक्का हुनुभएको छ ।
पुष्पलालको विचारले कांग्रेस र एमाले एक ठाउँमा
नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्र्दभिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको वक्ताहरुले बताउनुभएको छ ।
कर्णाली सरकारबाट बाहिरियो माओवादी
कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर बाहिरिनुभएको हो ।
संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ ।”
जनतामा उत्साह सञ्चार गर्न वर्तमान सरकार
सर्वप्रथम त म यस गरिमामय सदनमार्फत देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात/अज्ञात सहिदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीर/वीरङ्गनाहरूप्रति हार्दिक नमन एवं श्रद्धाञ्जलि अर्पण गर्दछु ।
सातबुँदे सहमति सार्वजनिक
सत्ता साझेदारीका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ । असार १७ गते भएको यो सहमति गोप्य राखिएको भन्दै सार्वजनिक गर्न माग भइरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मतको वक्तव्य दिने व्रmममा यो सहमति सदनमा जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ ।
विश्वासको मत पाएपछि प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आइतबार प्रतिनिधिसभा बैठकमा सांसदको विश्वासको मत प्राप्त गरेपछि अभिवादन गर्दै ।
सहमति पालना नहुँदा सडकमा आयौँ : वडाअध्यक्ष महर्जन
काठमाडौँ महानगरपालिकाको वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले सहमति पालना नहुँदा विरोधस्वरुप सडकमा आउनुपरेको बताउनुभएको छ
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ।
सञ्चारमन्त्री गुरुङसँग अमेरिकी राजदूत थम्सनको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।
संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।
राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ ।
नयाँ सरकार गठन नभएसम्म जम्कट्टेलले नै कार्यसञ्चालन गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि अर्को सरकार नबन्दासम्म जम्मकट्टेलले नै मन्त्रिपरिषद्को कार्यसञ्चालन गर्नुहुने भएको छ ।
महिला राजनीतिज्ञहरूको टोली चीनबाट स्वदेश फिर्ता
अखिल चीन महिला महासङ्घ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएको छ ।
बंगलादेशबाट नेपाली फिर्ता ल्याउने वातावरण बनाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्रीलाई माओवादीको प्रश्न विवादित प्रकरण के हुन्छन् ?
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ।
प्रधानमन्त्रीमा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
वर्तमान गठबन्धन विकल्प खोज्ने प्रवृत्तिको उपज हो : एमाले सचिव विष्ट
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।
उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ ।
गणतन्त्र र समावेशिता सुदृढ हुनेगरी संविधान संशोधन हुन्छ : सभापति देउवा
सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभएको छ।