• ६ साउन २०८१, आइतबार

नयाँ सरकार गठन नभएसम्म जम्कट्टेलले नै कार्यसञ्चालन गर्ने

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, साउन ६ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि अर्को सरकार नबन्दासम्म जम्मकट्टेलले नै मन्त्रिपरिषद्को कार्यसञ्चालन गर्नुहुने भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आइतबार मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिनुभएपछि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुख शर्माले तोक्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्नुहुँदै नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशका प्रमुख शर्मासमक्ष आइतबार दिउँसो राजीनामा बुझाउनुभएको थियो ।