• १९ पुस २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । सोमबार  अपराह्न १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ ।

उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो ।