• २ जेठ २०८३, शनिबार

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ मनोनित

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ । 

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा शुक्रबार मनोनयन गर्नुभएको हो । १४ औँ महाधिवेशनपछि पनि उहाँ कोषाध्यक्षकै जिम्मेवारीमा हुनुहुन्थ्यो ।