• ७ साउन २०८१, सोमबार

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणले दाबी पेस गर्नुहुँदै

blog

नेकपा (एमाले) लुम्बिनी संसदीय दलका उपनेता चेतनारायण आचार्य ।

गणेश खनाल 

अर्घाखाँची, साउन ७ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने पक्का हुनुभएको छ । यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि पार्टी केन्द्रको निर्देशनपछि आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लागिएको जानकारी दिनुभयो । आचार्यले पनि पार्टीको निर्देशनअनुसार मुख्यमन्त्री नेतृत्वको दाबी पेस गर्न प्रदेश प्रमुखसमक्ष जानलागेको बताउनुभयो । 

यसअघि शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्रीको जिम्मेवारी उहाँले निर्वाह गर्नुभएको थियो । अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।