• ६ साउन २०८१, आइतबार

प्रधानमन्त्रीलाई माओवादीको प्रश्न विवादित प्रकरण के हुन्छन् ?

blog

संसदमा धारणा राख्नुहुँदै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन।

काठमाडौँ, साउन ६ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिनुभएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। 

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले गिरिबन्धु टी–स्टेट लगायतको भ्रष्टाचारको फाइल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनी सरकारलाई प्रश्न गर्नुभयो। 

उपमहासचिव पुनले गिरी बन्धु टी–स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन काँग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरूले चाहेको बताउनुभयो।

 उपमहासचिव पुनले नेपाली काँग्रेसले गिरीबन्धु टी–स्टेटलगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताउनुभयो।