• ६ साउन २०८१, आइतबार

मुख्यमन्त्री सिंहद्वारा छड्के निरीक्षण

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंह मन्त्रालयहरुमा छड्के निरीक्षण गर्नुहुँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । 

मुख्यमन्त्री सिंहले आइतबार कार्यालय समयमा मुख्यमन्त्रीको कार्यालयसहित ११  मन्त्रालयमा छड्के जाँच गर्नुभएको हो । उहाँले मन्त्रालयमा भइरहेको कामलाई चुस्त बनाउन छड्के निरीक्षण गरेको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले प्रदेशको अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसंख्या, उर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गर्नुभयो ।  

उहाँले निरीक्षणका क्रममा भन्नुभयो, “अधिकांश कर्मचारीमा लापरबाही देखिएको छ, खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदामा बस्दा स्वीकृति नलिनेजस्ता समस्या देखा परेका छन्, यसलाई तत्काल सुधार गर्नुपर्छ ।” 

निरीक्षणका क्रममा देखिएका समस्यालाई मध्येनजर गर्दै हरेक मन्त्रालयमा देखिएको समस्यालाई खुलाउनेगरी जवाफ मागेको छ । मुख्यमन्त्रीको पहिलो दिनको निरीक्षणमा देखिएका समस्यालाई तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।