नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक हो : परराष्ट्र मन्त्री डा. राणा
नव नियुक्त परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ।
कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।
नियमले नमिल्ने कुरामा मैले दबाब दिन्न : वन मन्त्री ठकुरी
नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न आफूले सबै खालका प्रयास गर्ने बताउनुभएको छ।
अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा सांसद पशुपति शमशेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
युवा पिँढीलाई सन्देश दिनेगरी काम गरौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
आर्थिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।
पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा
यहाँबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषदमा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा : मन्त्री राई
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई–मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्छु : यातायातमन्त्री दाहाल
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।
व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु : उपप्रधानमन्त्री सिंह
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी
मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
वर्तमान समयानुकूल पर्यटन नीति बनाउँछु : पर्यटन मन्त्री पाण्डे
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूल पर्यटन नीति बनाउने बताउनुभएको छ ।
आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।
प्राध्यापकबाट राजनीतिमा सक्रिय विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु। विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु।
जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्छु : कानुनमन्त्री चौरसिया
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पद बहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री डा. देउवाद्वारा पदभार ग्रहण
पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।
सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु हो : गृहमन्त्री लेखक
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ। सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।
खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु : खेलकुदमन्त्री चौधरी
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधार अभियानलाई निरन्तरता दिन्छु : श्रममन्त्री भण्डारी
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।
नवनियुक्त गृहमन्त्री लेखकद्वारा पदभार ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो।
नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल
नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताउनुभएको छ ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा पदभार ग्रहण
सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।