• १२ साउन २०८१, शनिबार

आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अधिकारी

blog

मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी कर्मचारीसँग कुरा गर्नुहुँदै ।

काठमाडौँ, असार ३१ गत । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका उहाँले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

उहाँले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गर्नुभयो । उहाँले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताउनुभयो । पदभार ग्रहण गर्न पुगेपनि पदभार ग्रहण नगरी फर्किनुभयो । 

उहाँले भन्नुभयो, ‘‘अहिले क्याबिनेट बस्दैछ । तपाईँहरूका समस्याहरू मैले सुनेँ । तर यसलाई राम्रो ढङ्गबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’’

कृषि मन्त्री अधिकारीले समस्या समाधानका लागि आफू तयार रहेको बताउनुभयो ।