कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश
सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ ।
काँग्रेस–एमाले छैठौं सत्ता सहकार्य
संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।
सभापति देउवा र अध्यक्ष ओली राष्ट्रपति कार्यालयमा
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुग्नु भएको छ ।
राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।
निजी निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत
प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुग्नुभएको छ।
सञ्चारमन्त्री शर्माको १८ महिना : कर्मचारीसँग लिनुभयो बिदा
बिदाइ सम्बोधनमा उहाँले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नीति, कानुन र संरचनात्मक परिवर्तन गर्न, दूरसञ्चार क्षेत्रमा रहेको अघोषित सिण्डिकेटको अन्त्य गर्ने महत्त्वपूर्ण काम गरेको उल्लेख गर्नुभएको छ।
राष्ट्रपति पौडेलद्वारा सरकार गठन गर्न कानुनविद्सँग परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उहाँले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थाल्नुभएको हो।
‘समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ ।
प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्छ : सांसद यादव
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ, यसबारे आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो।
मेराे धारणा समीक्षागत निष्कर्ष हो, आवेग होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ ।
‘नेता हुँ, आफैँ छाउपडी पीडित छु’
राजनीतिमा सक्रिय नेता विद्या तिमिल्सिनाले आफू छाउपडी पीडित भएको गुनासो पोख्नुभएको यसरी पोख्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउनुभएको हो ।
देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताउनुभएको छ ।
अझै समय छ, सहकारी ठगलाई पक्राउ गर्नुहोस् : प्रमुख सचेतक शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई मेटमणिको आग्रह - देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु
नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ।
उपराष्ट्रपति यादव र इजिप्टका राजदूत नोहाको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय : सांसद खान
जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।
कांग्रेस-एमालेले सहमति सार्वजनिक नगर्दा अन्योल सिर्जना भयो : मुख्य सचेतक पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबिच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताउनुभएको छ ।
विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ ।
बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताउनुभएको छ
बेपत्ता यात्रुको उद्धारलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको आग्रह
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा शुक्रबार बिहान पहिरोले बस बगाउँदा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।