राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण
राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् ।
सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।
अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।
कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन काँग्रेसको आग्रह
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।
राप्रपा संसदीय दलको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
नयाँ सरकार ७६ (२) अनुसार गठन हुन्छ : एमाले
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निस्कर्ष निकालेको हो ।
समाजवादी मोर्चा पुनः गठनबारे छलफल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।
‘स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन’
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ ।
बूढानीलकण्ठमा देउवा र ओलीको भेटवार्ता
नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
‘स्थिर सरकारका लागि कांग्रेस-एमाले एकै ठाउँमा आयौँ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनुभएको छ ।
‘संसदीय समिति चलायमान र गतिशील हुनुपर्छ’
प्रतिनिधिसभा सदस्यहरुले संसदीय समितिलाई चलायमान र गतिशील तुल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।
केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गर्नुभएको छ । उहाँको अध्यक्षतामा जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेरबारेमा छलफल सुरु भएको छ ।
विपदबाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपदमा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस–एमाले सत्ता सहकार्य : यसरी बन्दैछ सरकार
प्रतिनिधि सभामा संसद् सङ्ख्याको हैसियतअनुसार प्रमुख दल मानिएका नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते सोमबार राति सत्ता सहकार्य गर्नेगरी सहमति भए यता संविधानको धारा ७६ (२) कि ७६ (३) अनुसार सरकार बन्ने बहस चुलिएको छ ।
एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने
नेकपा (एमाले)ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।
परराष्ट्र सचिव नयाँदिल्ली जाँदै
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जानुहुने भएको छ ।
विपक्षमा मतदान गर्न एमालेको व्हीप
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेससँग संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस-एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ ।