लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक स्वीकृत
लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।
शेरबहादुर देउवाको इमानदारीलाई कमजोरी नठान्नुस् : सांसद विक
नेपाली कांग्रेसका सांसद शान्ति विकले कांग्रेसका सभापति शेरबहादुर देउवाको इमानदारीलाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद विकले यस्तो चेतावनी दिनुभएको हो ।
बर्तौलाको प्रश्न, ‘गोजीको राजीनामा कहाँ पुग्यो’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गर्नुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले सो जिज्ञासा गर्नुभयो ।
फाइललाई ‘ब्ल्याकमेलिङ’को माध्यम नबनाउन सांसद कार्कीको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदको माग
नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् ।
विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम
नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो ।
बागमती सरकारबाट बाहिरियो एमाले, पाँच मन्त्रीद्वारा राजीनामा
बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
बागमतीका पाँच मन्त्रीले राजीनामा दिँदै
बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले आज सोमबार राजीनामा दिने भएका छन् । सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।
युवा महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
युवा गैरसरकारी संस्था महासङ्घका नव निर्वाचित अध्यक्ष नारायण गिरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यूथ लिडरसिप समिट २०२४ ले जारी गरेको २१ बुँदे घोषणा पत्र हस्तान्तरण गर्दै युवाको एजेन्डामा ध्यानाकर्षण गराएको छ ।
एमालेको सचिवालय बैठक मंगलबार बस्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।
शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ ।
बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।
असार २८ सम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाउँछौ: प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभएको छ । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनुभएको छ।
केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इन्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।
विपदबाट प्रभावितको जिउधन रक्षामा सबै लागौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरणका लागि बाटो खुल्यो
प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।
प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबिच तर्कवितर्क
प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।
कार्यदलले प्रधानमन्त्रीलाई बुझायो फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ ।
लगानी सहजीकरणसम्बन्धी ऐन प्रमाणीकरण गराउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।