मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ।
नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा
नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
प्रतिबद्धतालाई प्रमुख आधारका रुपमा ग्रहण गरी बजेट तर्जुमा : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ ।
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
मनसुनजन्य विपदका घटनाबाट हालसम्म २८ जनाको मृत्यु
मनसुनजन्य विपदमा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट बढाउँदै लगिनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताउनुभएको छ ।
मधेश प्रदेश सभाको बैठक स्थगित
मधेश प्रदेश सभाको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने बैठक स्थागित भएको छ । चार दलकले मुख्यमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्र सम्बोधन नभएसम्म बजेट वक्तव्यमा छलफल हुन उचित नभएको भन्दै शुक्रबार बसेको तेस्रो अधिवेशनको १६ औं बैठक स्थगित भएको हो ।
मधेशमा खानेपानीको समस्या समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले तराई मधेशमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरुसँग छलफल भइरहेको बताउनुभएको छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि एमालेले लियो अग्रसरता
लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ ।
वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँः मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपसभामुख राना र चीनका विदेशमन्त्री वाङ यी बिच भेटवार्ता
उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।
सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो ।
राजनीतिक निकास दिन आग्रह
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन आग्रह गरे पनि सरकारले संसद्बाट विश्वासको मत लिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने प्रस्ट पार्नुभएको हो । कांग्रेस र एमाले नयाँ सरकार गठनको गृहकार्यमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्डले चाँडै विश्वासको मत लिने तयारी थाल्नुभएको हो ।
लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता
लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
ओखलढुङ्गामा दुई सवारी दुर्घटना, चार जना घाइते
ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते हुनुभएको छ।
अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति भएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति कायम भएको बताउनुभएको छ ।
नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो ।
सरकार र आन्दोलनरत क्रसर उद्योगीबिच सहमति
सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबिच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति भएको हो ।
कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण
‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निवर्तमान मन्त्री चौधरीका मुख्य उपलब्धिहरू
सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्ने बताउनुभएको छ।