• २४ असार २०८१, सोमबार

मधेश प्रदेश सभाको बैठक स्थगित

blog

मधेश प्रदेश सभामा बोल्नुहुँदै लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेचक रानी कुमारी तिवारी । तस्बिर लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, असार २१ गते ।
मधेश प्रदेश सभाको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने बैठक स्थगित भएको छ ।

चार दलकले मुख्यमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्र सम्बोधन नभएसम्म बजेट वक्तव्यमा छलफल हुन उचित नभएको भन्दै शुक्रबार बसेको तेस्रो अधिवेशनको १६ औं बैठक स्थगित भएको हो । उक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा छलफल हुने व्यहोरा जानकारी गराएको थियो ।

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक रानीकुमारी तिवारीले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएको तीन सुत्रिय माग सम्बोधन नभएसम्म आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा छलफल हुने रातो किताब संशोधन नभएसम्म बजेट माथि छलफल गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । 

उहाँले रातो किताब संशोधन, संसदीय छनविन समिति गठन र रातो किताब संशोधन पुर्नलेखन गरी सबै निर्वाचन क्षेत्रमा समान बजेट गरी तीन सुत्रियमा माग सम्बोधन नभएसम्म छलफल हुन उपयुक्त नहुने बताउनुभयो ।

लोसपाका प्रमुख सचेतक तिवारीको आग्रहमा सभामुख रामचन्द मण्डलले शुक्रबार सभाको बैठक अर्को सूचना नआएसम्मका लागि सभाको बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

असार १६ गते नेपाली कांग्रेस मधेश प्रदेश, जनता समाजवादी पार्टी नेपाल र राप्रपाले मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।