• २४ असार २०८१, सोमबार

नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा

blog

नेकपा एसको दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको नामावली शुक्रबार घोषणा गर्ने कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीहरु। तस्बिर : विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, असार २१ गते । नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराउनुभयो ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।