कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठबन्धनमा गरेको सहमतिको स्वागत एवम् समर्थन गरेको छ ।
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताउनुभएको छ । बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।
विदेशस्थित नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
संसद्को प्रत्यक्ष प्रसारण साङ्केतिक भाषामा गर्न सांसद परियारको माग
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद्को प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गर्नुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै संसद परियारले सरकारसँग यस्तो माग गर्नुभएको हो ।
संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग
संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरूका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव
सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राख्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो ।
रास्वपा केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदन पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेस भएको छ।
शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन् ।
कांग्रेसका चार निर्णय : एमालेसँगको सहमति कार्यान्वयन गर्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको विषयमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।
संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी
प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो ।
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।
समसामयिक विषयमा छलफल गर्न रास्वपा बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बैठक सुरुभएको केन्द्रीय सदस्य दिपक बोहराले बताउनुभयो ।
एकीकृत समाजवादीको महाधिवेशन बैठक आज
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।
राजनीतिक स्थायित्व र संविधान संशोधन
प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् ।
राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।
भ्रष्टाचार समाजको नियति बनेकामा सांसद चिन्तित
प्रतिनिधि सभा सदस्यले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन्।
कृषि समितिमा सरकारले विधेयक दिन सकेन : सभापति राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयक दिन नसकेको गुनासो गर्नुभएको छ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।