• २१ असार २०८१, शुक्रबार

समसामयिक विषयमा छलफल गर्न रास्वपा बैठक जारी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्य समिति बैठकमा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बैठक सुरुभएको केन्द्रीय सदस्य दीपक बोहराले बताउनुभयो । 

नेपाली काँग्रेस र नेकपा (एमाले) विच सत्ता गठबन्धनको नयाँ समीकरण बनेपछि समसामयिक विषय र महासचिव मुकुल ढकालको प्रतिवेदनमा केन्द्रित भएर छलफल हुने बोहराको भनाइ छ । 

प्रमुख दुई दलविच नयाँ समीकरण बन्ने सहमति बनेपछि रास्वपाले सत्ता बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रास्वपाले नयाँ सरकार गठन भएमा प्रतिपक्षीमा बस्ने जनाएको छ । बैठक बिहान ९ बजेदेखि जारी रहेको बोहराले बताउनुभयो ।