सुरेश अधिकारी प्रतिनिधि सभा सचिव नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग्ने निर्णय
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
एमाले सचिवालय बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मङ्गलबार वीरगञ्ज महानगरपालिमा पूर्ण कदको सालिक अनावरण गरिएको छ।
‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले)ले सहकार्य गरेको बताउनुभएको छ ।
प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सांसदहरूले बर्सेनि प्राकृतिक विपत्तिबाट ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
गिरिजाप्रसादकाे जन्मजयन्तीमा ऐतिहासिक फोटो प्रदर्शनी : प्रधानमन्त्रीद्वारा अवलोकन
नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मङ्गलबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
‘नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी बिदेसिने विद्यार्थीलाई रोक्नुपर्छ’
उच्च शिक्षा अध्ययनका लागि बिदेसिनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।
राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस
नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।
न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्न : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताउनुभएको छ ।
गिरिजाकै कारण नेपाल गणतन्त्रसम्म आएको हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक असार १९ गते बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ ।
अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ ।
एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
कांग्रेसद्वारा निर्देशक समिति गठन
नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्नरगराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ ।
वित्तीय लगानी निवारणसम्बन्धी कार्ययोजना स्वीकृत
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१–८२ देखि २०८५–८६ स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।
संसदीय दलको नेतामा म नै छु : रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा आफू नै रहेको प्रस्ट पार्नुभएको छ ।