• २० असार २०८१, बिहिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

blog

काठमाडौँ, असार  १८ गते ।  पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल हुने बताउनुभयो ।  रासस