भावना जोशी
अत्तरिया, बैशाख ३१ गते । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गोरखापत्र संस्थानबिच प्रदेश डायरी प्रकाशन गर्ने विषयमा सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार गोरखापत्र संस्थानका कोहलपुरका निमित्त कार्यालय प्रमुख मिरा शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्रसिं विष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्रमा प्रदेश सरकारका गतिविधि समेट्नु पर्ने उल्लेख गरेको छ । प्रदेश डायरीमा सुदूरपश्चिम प्रदेश सरकारका गतिबिधि समेट्न आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुझाब दिनुभयो । उहाँले भन्नुभयो, सरकारी सञ्चार माध्यमलाई विज्ञापन लगायतमा हामीले प्राथमिता दिनुपर्छ, प्रदेशका सूचना र समाचार दिने कुरामा हामी प्रयास गर्छौ ।
प्रदेश सरकारको प्रत्यक्ष लगानी भएपछि हाम्रा समाचारले प्राथमिकता पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, उहाँले भन्नुभयो । गोरखापत्र संस्थान कोहलपुरका निमित्त कार्यालय प्रमुख मिरा शर्माले प्रदेशका समाचार समेट्नका लागि छुटै सुदूरपश्चिम पेज भएकाले यस्मा प्रदेशको गतिबिधि समेट्ने गरेको बताउन्भयो । यसैगरी सुदूरपश्चिम कार्यालयका प्रमुख कृतबहादुर विष्टले प्रदेश डायरीमा प्रदेश सरकारले गरेका गतिबिधिहरु समेटिने जानकारी दिनुभयो ।