• ९ पुस २०८२, बुधबार

बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा प्रदर्शन

blog

जयकृष्ण यादव 

इनरुवा, पुस ९ गते । बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ। 

बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सुनसरीका हिन्दु धर्मावलम्बीको क्षेत्रमा काम गर्ने संस्थाहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो ।

सुनसरीको इनरुवामामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचाेक अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेको स्थानीय मुन्ना साहले जानकारी दिनु भयो । केही बेर प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो केहीबेरमा जिल्ला प्रहरी कार्यालय सुनसरीले समन्वय गरी अवस्था सामान्य बनेको छ । सयौंको सङ्ख्यामा मानिसहरू विरोधमा उत्रेको र राजमार्ग अवरुद्ध सहित केही बेर नगरपालिकाका परिक्रमा गर्दै गोल चौकमा मैनबत्ती बालेर मृतकको आत्माको चिरशान्तिको कामना गरेको आन्दोलनकारी तथा बजरङ्ग दलका अभियन्ता शिव यादवले जानकारी दिनु भयो ।