• १० पुस २०८२, बिहिबार

मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस–डेको अवसरमा शुभकामना

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य

गुल्मी, पुस १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस–डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले विविधताभित्रको एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायबिच आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ मजबुत हुने अपेक्षा गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले समाजमा शान्ति, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने पनि कामना गर्नुभएको छ। साथै उहाँले समृद्ध लुम्बिनी र सुखी नागरिक निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।