कानुन अभावमा काम गर्न समस्या : मन्त्री केसी
दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् ।
बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु
नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।
मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित
सोमबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ ।
कांग्रेस पदाधिकारी बैठक आज
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक सोमबार बस्ने भएको छ ।
प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।
पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट एक/एक जना सदस्य रहेको कार्यदल आइतबार गठन भएको हो ।
महिला नेतृत्वले राष्ट्रको एजेण्डा उठाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले महिला नेतृत्वले समग्र राष्ट्रको एजेण्डा उठाउनुपर्ने बताउनुभएको छ ।
यथास्थितिमा देश अगाडि जान सक्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबिच आज भेटवार्ता भएको छ ।
भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट
अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभाबाट भन्सार महसुल विधेयक पारित
प्रतिनिधि सभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
नेकपा (एस) महाधिवेशन : नेतृत्वमा नेपाल र भुसालको दाबी
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्व चयनमा सहमति प्रयासका लागि नेताहरुको दौडधुप सुरुभएको छ ।
कम्युनिस्टहरू आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ।
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
बजेट पुनर्लेखनको माग गर्दै चार दलले बुझाए ज्ञापनपत्र
मधेश प्रदेशको बजेट पुनर्लेखनसहित तीन बुँदे माग गर्दै चार दलका संसदीय दलका नेताहरूले संयुक्त रूपमा आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्यो : सभापति लामिछाने
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ।
संविधानको रक्षा गर्नु आवश्यक छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ।
संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताउनुभएको छ।
संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको बताउनुभएको छ । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ।