• १८ असार २०८१, मङ्गलबार

संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : पूर्वसभामुख सापकोटा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदे पूर्वसभामुख अग्निप्रसाद सापकोटा ।

काठमाडौँ, असार १६ गते। पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताउनुभएको छ। 

आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरू देखा परिरहेको बताउनुभयो। उहाँले नेपालमा वैचारिक रिक्तता देखा परेको बताउनुभयो। उहाँले विश्वभर नै विरोधाभास र अराजकता मौलाइरहेको बताउनुभयो। उहाँले सांसदहरूले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताउनुभयो।

पूर्वसभामुख सापकोटाले संसद्को गरिमा बढाउन सबै सांसदले जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो।