• १९ असार २०८१, बुधबार

पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो 

blog

एकिन्द्र तिमिल्सेना

 टीकापुर, असार १७ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ । 

पार्टी संसदीय दलको सचिवालयको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यस अघि सचेतक रहनु भएका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसमलाल चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।