• १९ असार २०८१, बुधबार

कानुन अभावमा काम गर्न समस्या : मन्त्री केसी

blog

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सामाजिक विकासमन्त्री रत्न खत्री ।

लीलाधर वली

घोराही, असार १७ गते । दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । 

विद्यार्थीले विभिन्न कानुनसम्बद्ध विषयका साथै प्रदेश सरकारको काम कर्तव्य र अधिकार बारेमा छलफल गरेका हुन । कार्यक्रममा मन्त्री खत्रीले कानुन क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै कानुनका विद्यार्थीले समाजलाई पनि कानुनी हिसाबले सुसूचित पार्नुपर्ने कुरामा जोड दिनुभयो । 

सङ्घीयता कार्यान्वयनसँगै देशैभर कानुनको जनशक्ति आवश्यक परेको बताउँदै सरकारले कानुन अभावमा काम गर्न नसकेको बताउनुभयो । मन्त्री खत्रीले भन्नुभयो, ‘कानुनबिना केही पनि काम गर्न सकिँदैन । सरकारले गर्ने कामको मूल आधार भनेको कानुन नै हो ।’ 

विद्यार्थीलाई उत्प्रेरित गर्दै मन्त्री खत्रीले नेपालमा केही पनि भएन, केही राम्रो छैन भन्नेखालको भाष्य निर्माण हुँदै जानु दुःखद भएको भन्दै भन्नुभयो, ‘हामीले नेपालमै केही गरेका व्यक्तिलाई उत्प्रेरक मान्न छाडेका छौँ, विदेश जानेलाई मात्र हामीले पछ्याउने कुरालाई हामीलाई विदेश नै जानुपर्ने बाध्यता बनाइरहेको छ ।’  

तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै मन्त्री खत्रीले यसलाई प्रदेश सरकारले नमुना कलेजका रूपमा स्थापना गर्ने बताउनुभयो ।