• १८ असार २०८१, मङ्गलबार

मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट

blog

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की । फाइल तस्बिर

विराटनगर, असार १६ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबिच आज भेटवार्ता भएको छ । भेटवार्तामा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।

सो भेटमा स्विस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुका साथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । रासस