• १० असार २०८२, मङ्गलबार

सिजाङ सांस्कृतिक उत्सव : मित्रताको पुल निर्माण गर्न सफल

blog

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ चीनको सिचाङ सम्पर्क सांस्कृतिक सप्ताह समापनका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर : रासस

गोरखापत्र समाचारदाता

काठमाडौंँ, असार ९ गते । विभिन्न साङ्गीतिक प्रस्तुतिसँगै ‘चीनको तिब्बत (सिजाङ) सम्बन्धी सांस्कृतिक उत्सव’ सोमबार सम्पन्न भएको छ । 

नेपाल–चीन  कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा  नेपालमा पहिलो पटक आयोजित चीनको सिचाङ सम्पर्क सांस्कृतिक सप्ताह आयोजना गरिएको हो । 

कार्यक्रमममा चीन सिचाङ प्रतिनिधिमण्डलका प्रमुख तथा चीनको सिचाङ अन्तर्राष्ट्रिय संस्कृति सङ्घका उपाध्यक्ष लुओ जुनले चीनको सिजाङ र नेपालबिच सांस्कृतिक आदानप्रदान प्रवर्ध्दन  यस्तो कार्यक्रम  आयोजना गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘उत्सव छोटो अवधिको भए पनि यसले राम्रो प्रतिक्रिया पाएको छ । कार्यक्रमबाट सिजाङ र नेपालबिचको सांस्कृतिक आदानप्रदानमा एक जीवन्त र महत्वपूर्ण अध्याय थप्ने काम भएको उहाँले बताउनुभयो । 

नेपालका लागि चीनका राजदूत चेन सोङले छोटो अवधिको भए पनि उत्सवको प्रभाव दूरगामी भएको बताउनुभयो । उहाँले सिजाङ फोटो प्रदर्शनी र सांस्कृतिकलगायतका गतिविधिहरूले मित्रताको पुल निर्माण गरेको बताउनुभयो । 


लुम्बिनी विकास कोष नेपालका उपाध्यक्ष डा. ल्हारक्याल लामाले दुई देशको सम्बन्धका बारेमा बोल्दै चीन र नेपालको भाषा फरक भए पनि सांस्कृतिक विषयवस्तु प्रायः मिल्ने गरेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा ‘सिजाङ झयाल’ को अनावरण पनि गरिएको थियो । उत्सवमा करिब एक हजारभन्दा बढीले चीनको सिजाङ फोटो र भिडियो प्रदर्शनी अवलोकन गरेका थिए । 

लेखक बाट थप