काठमाडौँ, असार ९ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया २०८२ भित्र सक्ने गरी सरकार अघि बढेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १३ वटा जिल्लामा २०८२ भित्र गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया सुरु गरिएको बताउनु भयो । अरू जिल्लाहरूको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउनु भयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया छ, हामी यो साल सक्ने गरी कार्यक्रम राखेका छौँ । १३ वटा जिल्लालाई प्रक्रिया अघि बढाएका छौँ । अरू जिल्लाहरूको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको छ । उपलब्ध श्रोतको सीमाभित्र रही महत्त्वपूर्ण कामहरूलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्ने उच्चतम प्रयास गरिएको छ । बजेट कार्यान्वयनका क्रममा माननीयज्युहरुले उठान गर्नुभएका चासोहरूलाई सम्बोधन गर्ने प्रयत्न भएको छ ।’
मन्त्री अधिकारीले उपलब्ध श्रोतको सीमाभित्र रही महत्त्वपूर्ण कामहरूलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्ने उच्चतम प्रयास गरिएको दाबी गर्नुभयो ।