काठमाडौँ, असार ९ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले लागि परेको बताउनुभएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेल पुरस्कारको योजना बनाएको बताउनु भयो । उहाँले खेलाडीहरूलाई नगद प्रोत्साहन, आवश्यक खेल सामग्री र तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
हाँले खेलाडीहरूको क्षमता अभिवृद्धिको लागि अनुभवी प्रशिक्षकहरूको व्यवस्थापन, खेलकुद विज्ञानमा आधारित तालिम, खेल पूर्वाधारको निर्माण र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनु भयो । मन्त्री चौधरीले दीर्घकालीन रूपमा राष्ट्रको खेल प्रतिस्पर्धाको क्षमतामा सुधार ल्याउने अपेक्षासहित कदमहरू चालिएको बताउनु भयो । उहाँले युवा पलायन न्यूनीकरण गर्न मन्त्रालयले आत्मनिर्भर र उद्यमशील बनाउने नीति अवलम्बन गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेल पुरस्कारको योजना, नगद प्रोत्साहन, आवश्यक खेल सामाग्री र तालिमको व्यवस्था गरेको छ । खेलाडीहरूको क्षमता अभिवृद्धिको लागि अनुभवी प्रशिक्षकहरूको व्यवस्थापन, खेलकुद विज्ञानमा आधारित तालिम, खेल पूर्वाधारको निर्माण र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यसले दीर्घकालीन रूपमा राष्ट्रको खेल प्रतिस्पर्धाको क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
युवा पलायन न्यूनीकरण गर्न मन्त्रालयले आत्मनिर्भर र उद्यमशील बनाउने नीति अवलम्बन गरिएको छ ।” उहाँले मन्त्रालयबाट विनियोजन बजेटको उपयोग, प्रचलित कानुन, बजेटको कार्यान्वयन र कार्य योजना निर्धारण गरिएका माइल स्टोन र वित्तीय अनुशासनका सबै पक्षहरूलाई ध्यानमा राखी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।