इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु
इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ ।
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुनुहुन्छ ।
समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।
नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।
वंशावली अब अभिलेखमा रहने
वंशावली, सनद, सवाल तथा भूमिसम्बन्धी तमसुकलाई दस्ताबेजका रूपमा संरक्षण गर्ने गरी संसद्ले अभिलेख संरक्षण विधेयक पारित गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । राष्ट्रिय सभाले विधेयक २०७९ माघ २३ गते नै पारित गरेको थियो । पारित विधेयकको जानकारी अब पुनः माथिल्लो सदनमा नै पठाइने छ । त्यसपछि प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जाने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रस्तावमा विधेयक सर्वसम्मत पारित भएको हो । २०७७ असार १० गते नै विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो । चार वर्षपछि सङ्घीय संसद् दुवै सदनबाट विधेयक पारित भएको हो ।
विदेशमा रहेका नेपालीको हकहितमा विशेष ध्यान दिनुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजदूतलाई विदेशमा रहेका नेपालीको हकहित र सुरक्षामा विशेष ध्यान दिन निर्देशन गर्नुभएको छ।
‘पुस्तकालयसम्बन्धी ऐन, कानुन बनाउन सरकारले सहयोग गर्ने’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्च्याउने स्थिति सिर्जना भएको बताउनुभएको छ ।
छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरूले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित
प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
कर्णाली प्रदेश सभा बैठक अनिश्चित
कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाएपछि सदन नियमित हुन सकेको छैन ।
विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधि सभाको विषयगत समितिमा सांसद हेरफेर
प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गर्नुभएको हो ।
सहजरुपमा आमाको नामबाट नागरिकता दिलाउन माग
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अंश र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) बाँकेका प्रमुख नेताहरूले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जिल्लाका समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ ।
राष्ट्रिय सभाको बैठक सुरु
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।
किसानको अवस्था मरुभूमिको मृग जस्तो भयो : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तान (मरुभूमि)को मृगको जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
दुग्ध किसानले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा
नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो ।
राजदूत नियुक्तिको निर्णय सच्याउन सांसद साउदको माग
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्नुभएको छ ।
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक : राहत तथा उद्धारका काममा तीव्रता दिन माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।