• १६ असार २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक सुरु

blog

राष्ट्रिय सभा । फाइल तस्बिर

काठमाडौँ, असार १३ गते । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी  गराइने र राष्ट्रियसभाका सचिव डा=सुरेन्द्र अर्यालले  ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ -क_ को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  रासस