जसपा गठन सन्दर्भमा सर्वोच्चको आदेश न्यायोचित : अध्यक्ष राई
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको छ ।
एमाले गुल्मीको अधिवेशन जेठ २९ र ३० गते हुने
नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन यही जेठ २९ र ३० गते हुने भएको छ । एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाको अध्यक्षतामा मदन आश्रित स्मृति भवन तम्घासमा सम्पन्न ११ औँ बैठकले जेठ २९ र ३० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
जलवायु समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यकः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रासद पाण्डेयले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
विरोधबिच पनि मुख्यमन्त्री सोडारीद्वारा प्रस्ताव पेस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विरोधका बिच विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्यो
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।
सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई अध्यक्ष नेपालको आग्रह
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा (एमाले)सँग आग्रह गर्नुभएको छ ।
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच टेलिफोनवार्ता
प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बिहीबार बस्ने प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो ।
काँग्रेस र उन्मुक्तिको विरोधका कारण आधा घण्टा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बिहान बसेको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सीता जयन्तीको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीले लैङ्गिक, सामाजिक र साँस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । सीता जयन्तीको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । सन्देशमा उल्लेख छ, “माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइन्छ । एक वीरङ्गना हुनाका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय हो ।”
आले मगरलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी
बागमती प्रदेशमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
उपेन्द्र यादवको रिटमा सर्वोच्चले प्रत्यर्थीलाई छलफलमा बोलायो
जसपा अध्यक्ष उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितीमा राख्दै आउँदो जेठ ८ गते छलफलका लागि बोलाएको छ।
‘घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम जनमुखी ढङ्गले अघि बढ्नुपर्छ’
सरकारले जारी गरेको नीति तथा कार्यक्रममा घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा नजाने नेकपा एमालेको निर्णय
नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको हो ।
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ ।
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब
सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार सोह्रौँ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।
आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।
उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।