यो बर्खेबालीमा मल अभाव हुँदैन : मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षा याममा रासायनिक मल खादको अभाव नहुने बताउनुभएको छ । रासायनिक मल आउनेक्रम जारी रहेकाले मल अभाव नहुने उहाँको भनाइ छ ।
योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनुभएको छ।
राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित
सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ ।
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई
माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ ।
सूचना टाँस गरेर बागमती प्रदेश सभा बैठक स्थगित
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो ।
योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न जरुरी : मन्त्री भाट
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले स्वस्थ मन र स्वस्थ शरीर भएमात्रै कुनैपनि व्यक्तिले व्यक्तिगत र सामाजिक भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।
प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
सङ्घीय संसद, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छनोट
नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जानुहुँदै
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नु हुनेछ ।
बुद्धिजीवीहरु परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको रिट सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीका संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री
विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।
‘सरकार परिवर्तनको कुरा हल्ला मात्र’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।
पर्वतारोहीहरुलाई एमालेले गर्यो सम्मान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउँदै छौँ : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताउनुभएको छ ।
राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित
राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको छ ।
प्रजातन्त्र सेनानी सङ्घमा ८३ सदस्य मनोनीत
नेपाली कांग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ ।
माओवादी केन्द्रको कारबाहीविरुद्ध गण्डकीका सांसदद्वारा सर्वोच्चमा रिट
नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ ।
विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।