प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगन
कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ ।
समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ ।
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेश सभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राख्नुभयो ।
विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिनुभएको छ ।
जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।
सन्धि सम्झौतासहित महत्त्वपूर्ण दस्ताबेज डिजिटल अर्काइभ गर्नुपर्छ : एमाले सचेतक बराल
नेकपा (एमाले) संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभा बैठक : दुधको भुक्तानी गर्न सांसदहरुको माग
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
पाँच सय र हजारका नोट तत्काल प्रतिबन्ध लगाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ ।
क्रसर उद्योग नवीकरण गरी व्यवसायीका माग सम्बोधन गर्न सांसद चौधरीको माग
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै चौधरीले यस्तो बताउनुभएको हो ।
राष्ट्रपतिद्वारा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । जर्मनी भ्रमणका क्रममा उहाँले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
बुधबारको प्रतिनिधि सभा बैठक
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्कनुभएको छ ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
राष्ट्रपति पौडेल वर्लिनबाट कतार प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङगलबार जर्मनीको वर्लिनबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।
कास्कीका पालिकाको खर्च निराशाजनक
आर्थिक वर्ष २०८०/०८१ मा कास्कीका स्थानीय तहको खर्चको अवस्था निराशाजनक देखिएको छ। आर्थिक वर्षको डेढ महिनामात्र बाँकी रहँदा अधिकांश पालिकाको बजेट आधामात्र खर्च भएको छ।
उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
मन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको शिष्टाचार भेट
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन
सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवम् अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएको छ ।
बालबालिका खोजतलासको कार्य तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको खोजतलासको कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ ।
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड
आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिनुभएको छ ।
विधेयक संशोधन प्रस्ताव स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।