पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरू देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ ।
शिक्षा क्षेत्रका समस्या समाधान गर्न सङ्घीय शिक्षा ऐन आउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ ।
समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हुनुपर्छ : उपेन्द्र यादव
सङ्घीय सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हुनुपर्नेमा जोड दिनुभएको छ।
सदनको अवरोध हटाउन अनौपचारिक संवाद
सङ्घीय संसदमा उत्पन्न गतिरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ ।
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ ।
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
एमाले तनहुँको दसौँ जिल्ला अधिवेशन सुरु
नेकपा (एमाले) तनहुँको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । नेतृत्वका लागि हुने निर्वाचन प्रक्रिया सम्पन्न गर्न सात सदस्यीय निर्वाचन समिति मनोनयन गरिएको छ ।
विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आम नागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ ।
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताउनुभयो ।
साना योजना प्रदेश र स्थानीयमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयतालाई सबल बनाउन साना योजना प्रदेश र स्थानीय तहकै सरकारलाई हस्तान्तरण गरिने बताउनुभएको छ । सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।
एमाले कपिलवस्तु अध्यक्षमा खनाल
नेकपा (एमाले) कपिलवस्तुको १० अौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्रीको चुनौती
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ।
सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन
राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताउनुभएको छ।
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने बजेट आओस्ः सांसद भुषाल
राष्ट्रियसभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा कांग्रेसको अवरोध
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।
सङ्घीय संसद् अधिवेशन : प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।