• १२ असार २०८१, बुधबार

मातृभूमि नबिर्सन राष्ट्रपति पौडेलको आग्रह

blog

वर्लिन (जर्मनी) असार ३ गते । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष  स्वागत समारोह आयोजना गर्यो । 

 राष्ट्रपति पौडेलको  सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित  नेपालीहरूको  सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त  गर्दै संसारमा जहाँ रहेपनि आफ्नो माटो र  मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो ।  जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु र्‍य ाउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु, राष्ट्रपति पौडेलले भन्नुभयो  ।

उहाँले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई  जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहाँस्थित  नेपालीहरूले स्वागत गर्नुभएको थियो  । 

सो  अवसरमा राजदूत खड्काले जर्मन  नेपालबीच लामो  समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक  पक्षबारे जानकारी गराउनुभएको थियो । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । 


राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा  राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो । राष्ट्रपति पौडेल र उहाँका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा. फरयाङक वाल्टर स्टाइनमेयर बीच सोमबार भेटवार्ता हुने कार्यक्रम छ ।