• १२ असार २०८१, बुधबार

एमाले हुम्लाको पालिका अधिवेशन सम्पन्न

blog

एमाले ताँजाकोट गाउँपालिका कमिटीको अधिबेशनबाट चयन भएका अध्यक्षसहितका पदाधिकारी । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, असार २ गते । नेकपा (एमाले) हुम्लाको सातवटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अधिवेशनबाट गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । 

एमालेको सात वटै गाउँपालिकामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने काम सर्वसम्मत रूपमा भएको एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । करिब एक महिनाको अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा अधिवेशन सम्पन्न भएर नेतृत्व चयनका साथै गाउँपालिका कमिटी समेत गठन भएको उहाँको भनाइ छ । 

गाउँपालिका स्तरमा नयाँ चयन भएको नेतृत्वमा गिठे ऐडीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन भएको छ । नाम्खा गाउँपालिकामा तोपछिरिङ लामाको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको छ । त्यसैगरी चङ्खेली गाउँपालिकामा हंस ऐडीको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिका कमिटीको अध्यक्षमा गोकुल रावलको अध्यक्षतामा कमिटी चयन भएको छ । 

यता, अदानचुली गाउँपालिका कमिटीको अधिवेशनले यसअघिका अध्यक्ष बुध भण्डारीकै अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । त्यसैगरी एमाले सिमकोट गाउँपालिका कमिटीको अध्यक्षमा कालीबहादुर सुनारको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । 

एमाले ताजाकोट गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले कर्णप्रसाद जैसीको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले जानकारी दिनुभयो । सबै गाउँपालिकामा अधिवेशन भएर नयाँ नेतृत्व चयन भइसकेकाले वडा अधिवेशन अब सुरु हुने उहाँले बताउनुभयो ।