राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनालाई स्वीकृति दिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमलाई स्वीकृति दिने बताउनुभएको छ ।
सोमबार सार्वजनिक बिदा
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार-प्रसार गर्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र प्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा.राउत
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ ।
हलियाका समस्या समाधान गर्न ऐन बनाउछौँ : मन्त्री विक
सुदूरपश्चिम प्रदेश सरकारका बिना विभागियमन्त्री लक्ष्मी विकले हलियाका समस्या समाधानका लागि आफूले भूमिका खेल्ने बताउनुभएको छ।
सरकारले ढिला नगरी पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : एमाले सचेतक बराल
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।
गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले नेपालमा सङ्ख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् ।
मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबिचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन सांसद चौधरीको माग
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।
सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्त्वपूर्ण हुने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।
मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद केसीले सरकारसँग यस्तो माग गर्नुभएको हो ।
काठमाडौंबासीलाई खानेपानी सङ्कट निम्तिदैँछ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ ।
मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गरिने
बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । प्रादेशिक अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय विवादमा परेपछि प्रदेश सरकारले मकवानपुर जिल्लामा अर्को प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलले शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै
११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले असार १ गते शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित
नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले अध्यक्षमा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
कानुन पालना अनिवार्य सर्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुन अनुसार समाजलाई मान्य हुने गरी टिकटकलगायतका कुनै पनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताउनुभएको छ । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिने गरी टिकटकमा सामग्री उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकटक बन्द गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री शर्माले कानुनी रूपमा अहिले पनि टिकटक बन्द रहेको भन्दै सरकारले नेपाल टेलिकमलगायतका ठुला इन्टरनेट सेवाप्रदायकबाट अहिले टिकटक चलाउन नदिइएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल समाज अनुकूल हुने गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलद्वारा प्राचीन शहरको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन शहर पुरानो जेनेभाको बिहीबार भ्रमण गर्दै त्यँहास्थित ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो । त्यहाँ पुग्दा राष्ट्रपति पौडेललाई जेनेभा स्टेट काउन्सीलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गर्नुभएको छ ।
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।